२४ असार २०८१, आईतवार
Follow Us

सीआईबीले भेट्यो लक्की ज्वेलर्सले तस्करीको ३३१ किलो सुन किनेको प्रमाण

नेपालब्रिटेन संवाददाता
२१ असार २०८१, बिहीबार १४:२०

काठमाडौँ । न्यूरोडस्थित लक्की ज्वेलर्सले तस्करीको ३३१ किलो सुन किनेको प्रमाण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेला पारेको छ ।

सुन तस्करी अनुसन्धानका क्रममा सीआईबीले काठमाडौँ महानरपालिका-२२ न्यूरोड क्षेत्रमा रहेको भारतीय नागरिक सिद्धनाथ अशोक गायकवाडको सुन रिफाइनरी कोठाबाट केही कागजात बरामद गरेको थियो ।

जहाँ लक्की ज्वेलर्सको नामको बिल प्याडसमेत भेटिएको थियो । उक्त बिल प्याडअनुसार २०७९ अहासोजदेख पुससम्म विभिन्न मितीमा ३३१ किलो सुन किनेको प्रमाण फेला परेको सीआईबी स्रोतले जनाएको छ ।