२४ असार २०८१, आईतवार
Follow Us

अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा युवक पक्राउ

नेपालब्रिटेन संवाददाता
२१ असार २०८१, बिहीबार १४:२१

प्रहरीले वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक युवक पक्राउ गरेको छ ।

म्याग्दी घर ललितपुर बस्ने ३१ वर्षीय दीपक श्रीसलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

श्रीसलाई मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरी बुधबार सार्वजनिक गरिएको प्रहरीले जानकारी दिएको छ । बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको पीडितहरुको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकोे छ ।

पक्राउ परेका श्रीसलाई वैदेशिक रोजगार विभाग ताहचाल पठाइएको प्रहरीले जानकारी दिएको छ ।