२५ असार २०८१, सोमबार
Follow Us

ठूलो दलको आधारमा सरकार बन्ने अवस्था नआओस्: डा. शेखर कोइराला

नेपालब्रिटेन संवाददाता
२२ असार २०८१, शुक्रबार १३:३४

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले ठूलो दलको आधारमा सरकार बनाउने संविधानको व्यवस्थामा जान नहुने बताएका छन् ।

वर्तमान सरकार ७६ (२) अनुसार बनेको छ । यो व्यवस्थाअनुसार सरकार बन्न नसके ठूलो दलको आधारमा ७६ (३) अनुसार काँग्रेसको सरकार बन्ने अवस्था आउँछ । शान्ति र क्रान्तिका नायक जीपी कोइराला विषयक अन्तर्क्रियामा काठमाडौँमा बोल्ने क्रममा कोइरालाले भने, ‘७६ (३) मा जाने अवस्था नआओस् भन्ने हो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएकाले खुसी भइहाल्ने अवस्था नभएको उनले बताए । ‘प्रचण्ड जीले अहिलेसम्म राजीनामा दिनुभएको पनि छैन । ‘प्रचण्ड’ले राजीनामा दिनुभएन भने संविधानतः के के हुन्छ सोच्नुपर्दछ,’ कोइरालाले भने ।

माओवादीको अस्थिर व्यवहार हटाउन दुई ठूला दलको सरकार बन्न सक्ने आफूले केही समयदेखि भन्दै आएको उनले सुनाए । ‘कहिलेसम्म बोकिराख्ने रु मलाई ७र८ महिना अघिदेखि नै लागिरहेको थियो । म बोलिरहेको पनि थिएँ,’ उनले भने ।

निर्वाचन प्रणाली परिवर्तन गर्न सके जनताले चाहेको केही न केही हुन्छ कि जस्तो लागेको उनले सुनाए ।