१५ श्रावण २०८२, बिहीबार
Follow Us

लगातार परेको वर्षाले वीरगंजको सहरी क्षेत्र डुबानमा

नेपालब्रिटेन संवाददाता
२३ असार २०८१, शनिबार ०३:५४

पर्सा । गएरातीदेखि लगातारको परेको वर्षाले वीरगन्ज महानगरपालिकाको एक दर्जन भन्दा बढी वडाहरुलाई डुबानमा पारेको छ । लगातार परेको आकासे पानीले महानगरपालिकाको छपकैया, बजार छपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाई लगायतका सहरी वडाहरुलाई डुवानमा परेको छ ।

वर्षाको पानी सडकमै जम्मा भई सर्वसाधारको घरभित्र पसेको छ भने, सडकमा पानी जमेकै कारण केही स्थानमा सवारी दुर्घटनासमेत भएका छन् ।

नगरमा जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा व्यक्ति परिचान गरेको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुदिनु मियाले जानकारी दिए । उनले डुबान भएका क्षेत्रमा रहेका नालाहरुको सफाई गर्न विहान ५ बजेदेखि आवश्यक उपकरण तथा व्यक्ति परिचालन गरिएको बताए ।

लगातर परेको पानीले एकातर्फ सहरी क्षेत्रमा डुबानको समस्या सिर्जना गरेको छ भने यसबाट पर्सा जिल्लाका किसान खुसी भएका छन् ।

पानी अभावका कारण धानको रोई नभइरहेको बेला परेको आकाशे पानीले रोपाईमा टेवा पुर्‍याएको साथै किसानहरुले बताएका छन् । पर्सा जिल्लामा कुल ५४ हजार ५ सय हेक्टर खेतियोग्य जग्गा रहेको छ भने सो मध्य ४७ हजार हेक्टरमा असारे धानको खेती हुने गरेको छ ।

धेरै पढिएको