३० माघ २०८१, बुधबार
Follow Us

मुख्यमन्त्री सोडारीद्वारा मन्त्री थापा बर्खास्त

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०८१, आईतवार १४:०२

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई बर्खास्त गरेका छन् ।

आफ्नो निर्देशन विपरीत प्रदेश सभाको बैठकमा सहभागी भएको भन्दै मुख्यमन्त्री सोडारीले थापालाई बर्खास्त गरेका हुन् । थापा प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभाको विशेष अधिवेशनको बैठकमा सहभागी भएको बताइएको छ ।