२९ भाद्र २०८१, शनिबार
Follow Us

एनआरएनए अध्यक्ष डा. केसी र बेलायती सांसदबीच डायस्पोरा एजेन्डामा छलफल

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०८१, बुधबार १६:१३

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले वेलायतमा रहेका नेपालीहरूको समस्या तथा अवसरका बारेमा बेलायती सांसदसँग छलफल गरेका छन्।

डा. केसीले बुधबार बेलायती सांसद क्यामरन थोमस र काउन्सिलर ग्राहम बकिङसँग ग्लोस्टशायरमा नेपाली डायस्पोराको विषयमा छलफल गरेका हुन्।

डा. केसीले सांसदसँगको भेटघाट निकै महत्वपूर्ण र फलदायी रहेको बताए।
भेटमा डा. केसीले बेलायतमा नेपाली समुदायको समस्या, गोर्खाहरूले उठाउँदै आएको समान पेन्सन र अधिकारको आन्दोलन लगायत नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धका विषयमा सहयोगका लागि आग्रह गरेका थिए।

सांसद क्यामरन थोमसले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालीहरूले बेलायती सेनामा भर्ना भएर गरेको योगदानको प्रशंसा गरेका थिए। भेटमा सांसद थोमसले गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

गत शनिबार बेलायत उत्रिएका संघका अध्यक्ष डा. केसीले बिहीवार स्कटल्याण्डस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। भेटका क्रममा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङ र सल्लाहकार हिराधन राई समेत सहभागी थिए ।