२७ असार २०८२, शुक्रबार
Follow Us

दुर्गा प्रसाईँसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८१, बुधबार १२:०२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो । ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो ।

धेरै पढिएको