५ भाद्र २०८२, बिहीबार
Follow Us

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०८१, मंगलवार १३:०५

काठमाडौं । नेपालमा पछिल्लो समय डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । यो तथ्याङ्क गत जनवरी १ देखि ७ अक्टोबरसम्मको रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यस अवधिमा हालसम्म १७ हजार ६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ । डेंगुबाट ७६ जिल्ला प्रभावित रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

प्रभावित जिल्लामध्ये सबैभन्दा बढी कास्की जिल्लामा २ हजार ७०९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, दोस्रो स्थानमा काठमाण्डुमा २ हजार ५६७ जना, तनहुँमा १ हजार ९५४ जना, पर्वतमा १ हजार ४२१ र चितवनमा ९ सय ७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको महाशाखाले जानकारी दिएको छ ।

प्रदेशमध्ये गण्डकी प्रदेशमा सबैभन्दा बढी ८ हजार ६२ जनामा डेंगु देखिएको छ । त्यसपछि बागमती प्रदेशमा ५ हजार ५७१ जनामा डेंगु सङ्क्रमित छन् ।

यसैगरी, कोशी प्रदेशमा १ हजार ४२२ जना, लुम्बिनीमा १ हजार १३५, सुदूरपश्चिम प्रदेशमा ८ सय १८, मधेसमा ३ सय ४३ तथा कर्णाली प्रदेशमा २ सय ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको महाशाखाले जानकारी दिएको छ ।

धेरै पढिएको