लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले असन्तुष्ट पक्षलाई एकताको लागि आब्हान गर्दै आइतवार देखि हुने वार्षिक साधारणसभामा भाग लिन आब्हान गरेको छ ।
संघका महासचिव गौरीराज जोशीले शनिवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघको विधानको दफा १४ अनुसार प्रत्येक वर्ष गर्नु पर्ने अनिवार्य व्यवस्था भएको हुँदा कार्य समितिबाट वार्षिक साधारण सभा गर्ने निर्णय भएको सबैमा जानकारी गराएको छ ।
साधारण सभामा सहभागि हुनका लागि विभिन्न देशबाट प्रतिनिधिहरु नेपाल आईसक्नु भएको र सोका लागि आवश्यक सम्पूर्ण तयार समेत पूरा भई सकेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा ‘संघ परराष्ट्र मन्त्रालय तथा नेपाल सरकारको सरोकारवाला निकायसँग गैरआवासीय नेपालीहरुको सरोकारका विषयमा सहकार्य गर्न सदैव तयार रहेको छ । साथै एकता र भाईचाराको भावनलाई मूर्त रुप दिन सधै खुल्ला तथा प्रतिबद्ध छौं । सम्मानित सर्वोच्च अदालतका आदेश सम्मान गर्दै सोही बमोजिम कार्य गर्न संघ तत्पर रहेको ‘उल्लेख छ ।
विज्ञप्तिमा ‘आगामी २७ र २८ गते आयोजना हुन लागेको विशेष समारोहमा गैरआवासीय नेपालीहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसहितको एनआरएन नागरिताको पूर्ण कार्यान्वयनस नेपालमा आर्थिक रुपान्तर तथा लगानीको वातावरणस मताधिकार र गोर्खास नेपाली मूलका विदेशी नागरिक (पीएनओ) जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभावस प्रवासी युवाहरूको सशक्तिकरणस सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चिततास सामाजिक सुरक्षास नेपाल पर्यटन र एनआरएनएको भूमिका लगायतका विषयमा पनि छलफल हुने’ उल्लेख छ ।
संघले एक आपसमा रहेको मतभिन्नता र मतभेदलाई संवादले नै चिरेर अघि बढ्नुको विकल्प छैन । गैरआवासीय नेपाली संघ सबै विदेशमा बस्ने नेपालीहरुको आवाज बुलन्द बनाउने हामी सबैको संयुक्त जिम्मेवारी हो । यसर्थ गैरआवासीय नेपाली दिवसको कार्यक्रममा एकताकै लागि छलफल गर्न तथा आआफ्नो विचार राखी योगदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली अभियन्ताहरुमा अनुरोध गरेको छ ।
संघले साधारणसभालाई सफल पार्न सहयोगको लागि अनुरोध गरेको छ ।
गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गर्न लागिएको विशेष समारोह, “रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने मुख्य विषयमा केन्द्रित रहेर एनआरएन ग्लोबल कन्क्लेभ(२०२४ र प्रत्येक वर्ष अनिवार्य हुनु पर्ने वार्षिक साधारण सभा २०२४ यही अक्टोबर २७ – २८, २०२४ (११ र १२ कार्तिक २०८१) गते होटल द सोल्टी काठमाण्डौमा आयोजना हुने विषय यसअघि नै अवगत गराई सकिएको छ ।