२२ बैशाख २०८१, शनिबार
Follow Us

चुनावमा होमियो मधेस, दलहरु चुनावी तयारीमा

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७४, मंगलवार ०७:३७

काठमाडौं । तराई–मधेसकेन्द्रित राजनीतिक दलहरु आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा जुटेका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जिल्लाजिल्ला घुम्दै चुनावी तयारीमा लागेका छन् ।
यादवले संविधान संशोधनलगायत मधेस आन्दोलनको एजेण्डा सम्बोधन गराउन पनि चुनावलाई संघर्षकै रुपमा बुझेर अघि बढिरहेको बताए । यादवले राजपालगायत मधेसका अन्य पार्टीसँग छलफल गरेर साझा उम्मेदवार चयन गर्ने बताए ।
कांग्रेस, एमाले र माओवादी केन्द्र पनि जोडतोडका साथ चुनावी तयारीमा जुटिसकेका छन् । अधिकांश स्थानमा उम्मेदवार टुंगो लागिसके पनि केही स्थानमा टुंगो लगाउन बाँकी रहेको दलहरुले जनाएका छन् । कांग्रेसले जेठ १२ गतेसम्म सबै तहमा उम्मेदवार तय गर्ने भएको छ ।
नागरिक दैनिकबाट