६ माघ २०८१, आईतवार
Follow Us

रौतहटको ईशनाथका वडा अध्यक्ष ब्यासको निधन

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०८१, शुक्रबार ०५:४३

रौतहट । भारतीय सीमामा संग जोडिएको रौतहटको दक्षिणी भेगस्थित इशनाथ नगरपालिकाका एकजना वडा अध्यक्षको निधन भएको छ। ईशनाथ  १ बन्जरहा गाउँबाट दोश्रो पटक निर्वाचित भएका वडा अध्यक्ष बिगु साह ( ब्यास) को निधन भएको हो ।

उनी लामो समय देखि मिर्गौलाको रोगबाट पीडित रहेको तथा उपचारको क्रममा विहीबार साँझ उनको निधन भएको पिडित परिवारले जनाएको छ ।

मृतक वडा अध्यक्ष साह २०७९ सालको स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित भएका थिए ।