१५ बैशाख २०८१, शनिबार
Follow Us

भरतपुरको अन्तिम नतिजामा रेणु दाहालले नै जित्ने

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७४, बिहीबार ०९:५१

चितवन । स्थानीय तह निर्वाचन २०७४ को पहिलो चरण अन्तर्गत ४ महानगरपालिका मध्ये तीनको नतिजा अझै आइसकेको छैन। ललितपुर महानगरमा कांग्रेसले जित हात पारिसकेको छ भने बाँकी तीनै ठाउँमा एमालेले अग्रता कायमै राखेको छ। निकै चर्चामा रहेको भरतपुर नगरपालिकामा भने कांग्रेस — एमाओवादी गठबन्धनले मेयर जित्ने प्राय: निश्चित भएको छ ।

विहीवार दिउँसो सम्मको मत गणनामा एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा १४ सय ४३ मतले रेणु दाहाल पछि छन् । ज्ञवालीले ३१५५९ र रेणुले ३० हजार १ सय १६ मत प्राप्त गरेकी छन् । अब ९ वटा वार्डको ३८ हजार ८ सय ८१ मत गणना गर्न बाँकी छ । मंगलपुर, श्रीपुर, फुवारी लगायतका क्षेत्रमा कांग्रेस—एमाओवादीको पकड छ ।

एमालेको राम्रो मतआधार भएका वडाहरुको गणना सकिएका कारण सो पार्टीका उम्मेद्वारहरुको पक्षमा अब उल्लेख्य मत आउने सम्भावना छैन। तर गन्न बाँकी केही वडाहरुमा एमाले प्रतिस्पर्धामा आउन सक्ने र केहीमा जित्ने नै अवस्था रहेको नेताहरुले बनाएका छन्।