२८ मंसिर २०८१, शुक्रबार
Follow Us

नेपाल श्रीलंकासित ५५ रनले पराजित

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०८१, शुक्रबार १३:२५

काठमाडौं । युएईमा जारी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाइ श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको थियो । तर, नेपाल ४६ ओभर २ बलमा १७८ रनमा समेटिन पुगेको थियो ।

यद्दपी, नेपालका मायन यादवले सर्वाधिक ६१ रन बनाउन सफल भएका थिए भने बलिङका श्रीलंकाका प्रविन मनिषले सर्वाधिक ३ विकेट लिए । नेपाले अव दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ ।