२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतको निर्वाचन अभियान अवरुद्ध

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७४, शुक्रबार १४:२८

म्यान्चेस्टर । बेलायतको म्यान्चेस्टरमा केहीदिन अघि भएको हिंसात्मक हमलाका कारण असुरक्षा भएको भन्दै बेलायतका राजनीतिज्ञहरुले शुक्रबार निर्वाचन प्रचारप्रसार अभियान नै रोकेका छन् । राष्ट्रिय सुरक्षामा चुनौती अनुभव गरिएको भन्दै शुक्रबारदेखि निर्वाचन अभियान स्थगित गरिएको बताइएको छ ।
बेलायतको म्यान्चेस्टरमा गत सोमबार एउटा सांगितीक कार्यक्रम भईरहेको ठाँउमा लिबियाआवद्ध जिहादी सञ्जालको हात रहेको यस आतङ्कवादी हमलामा परी २२ जनाको मृत्यु भएको थियो भने, अरु कैयौ घाइते भएका थिए ।
बेलायतका प्रधानमन्त्री टेरेसा मे र मजदुर नेता जेरेमी कोर्बाइनले गत २२ मे सोमबार साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै भएको भीषण आतङ्ककारी आक्रमणपछि आ–आफ्नो निर्वाचन आभियानलाई स्थगीत गर्नु भएको छ ।
स्थानीय समयानुसार राति १०ः३५ बजे (नेपाली समय अनुसार मङ्गलबार बिहान सवा चार बजे तिर) म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भयानक आवाजसहित उक्त बम बिस्फोटमा परी केही युवा युवतीसहित २२ व्यक्तिको मृत्यु हुनुको साथै दर्जनौको सङ्ख्यामा घाइते भएका छन् । विस्फोटनको घटनामा संलग्न भएको आशंकामा आठ जनालाई नियन्त्रणमा लिइएको छ भने इस्लामिक स्टेट्स (आइएसं) लडाकूहरुको समूहले घटनाको जिम्मेवारी लिएको छ ।
अमेरिकाका विदेश मन्त्री रेक्स टिलर्सनले बेलायत र घटनाबाट पिडितहरुप्रति सहानुभूती व्यक्त गर्न शुक्रबार लण्डन पुग्नु भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनाबाट वासिङटन र लण्डनलाई दुखमा सघाउँने नाताले अझ नजिक बनाएको बताउनु भएको छ । यस बिस्फोटको यस घटनाले सर्वसाधारण अत्यन्त भयभीत भएका छन् । म्यान्चेस्टर एरिना परिसरको घटनापश्चात् बेलायतीहरुमा आपसेआप एक अभूतपूर्व राष्ट्रिय एकताको भावना उत्पन्न भएको छ ।
घाइतेलाई प्राथमिक उपचार गर्न होस् वा अस्पताल पु¥याउन, नगरवासीहरुमा एक अर्काप्रति गहिरो सहानुभूति जागेको छ । कतिपयले थकित, भयभीत, मानसिक रुपले त्रस्त वा साधारण चोट पटक लागेकाहरुलाई आआफ्नो घरमा बोलाई खाना पिनाले सत्कार गर्ने वा पलङ्ग, बिछ्यौना, ओढ्ने ओछ्याउने दिई सेवा पु¥याइ रहेका थिए ।
यसैबीच, म्यान्चेस्टर बम बिस्फोटको भयाबह घटनाको केही बेर मै म्यान्चेस्टर एरिना परिसरनजिक अवस्थित एक स्थानीय पार्क–क्याथेड्रल गार्डेन्समा पनि रिमोट कन्ट्रोलरको सहायताले अर्को बम बिस्फोट गराइएको हुनाले म्यान्चेस्टर प्रहरीले ट्विटरमार्पmत् जानकारी गराउँदै आत्म सुरक्षाका लागि सजग र सतर्क रहन नगरवासीलाई आग्रह गरेको थियो ।