काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघको नेतृत्वमा विष्णुप्रसाद घिमिरे ‘ध्रुव’ निर्वाचित भएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभाबाट घिमिरे सहित १५ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षहरूमा राजकुमार राई, दिपक कुँवर, पुरुषोत्तम पौड्याल निर्वाचित भएका छन् ।
रोशन भोयद्यो महासचिव, घनश्याम पोखरेल, सचिव अरुण स्तोम त्रिपाठी कोषाध्यक्ष भएका छन् । सदस्यहरूमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसी प्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लिलाबहादुर अधिकारी, मणीकुमार प्रसाईँ (मनोज) र देवकुमार महत्तो निर्वाचित भएका हुन् ।