२५ असार २०८२, बुधबार
Follow Us

कागेश्वरीमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको सुसाइड नोट– ‘सरी बुढा’

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०८१, आईतवार १०:०८

काठमाडौं । हिजो (शनिबार) काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफैँलाई जलाएर आत्मदाह गर्ने कमला आचार्यको सुसाइड नोट फेला परेको छ । उनी परिवारसँग नारायणटारमा बस्दै आएकी थिइन् ।

२९ मंसिरमा कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोकस्थित बागमती नदि किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन् । आचार्यको उपचारको क्रममा आज आइतबार बिहानै मृत्यु भईसकेको काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिएका छन । घट्नास्थलबाट प्रहरीले उनले लेखेको सुसाइड नोट बरामद गरेको छ ।

घट्नास्थलबाट प्रहरीले बरामद गरेको सुसाइड नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा मागेकी छन् । नोटमा लेखेकी छन्, ‘सरी बुढा ।’ कागेश्वरी मनोहरा नगरपालिका–७ मा आचार्य दम्पतीले स्टेशनरी सञ्चालन गर्ने गरेका थिए । उनीहरुले सञ्चालन गरेको केएण्डए स्टेशनरीबाट केही पर गएर उनले आगो लगाएकी हुन् ।

नोटमा पतिको नम्बर लेख्दै उनले भनेकी छन्– ‘मेरो श्रीमानलाई मेरो अवस्थाबारे खबर गरिदिनुहोला ।’ ‘मैले श्रीमानलाई सहयोग गर्न सकिँन, म बाँच्नुको कुनै अर्थ छैन’ उनको नोटमा लेखिएको छ, ‘म मरेको खबर श्रीमानलाई गरिदिनुहोला नम्बर यो हो ।’

बा.३५ प ५८१८ नम्बरको स्कुटरमा घटनास्थल पुगेकी उनले मिनरल वाटरको बोतलमा पेट्रोल लगेर छर्केको अनुसन्धानमा संलग्न अधिकृतहरुले जानकारी दिए । नोटमा उनले घटना आफ्नै कारणले भएको समेत बताएकी छन । नोटमा लेखिएको छ, ‘यो सबै मेरै कारण भएको हो ।’ आचार्य दम्पतीका १३ र ३ वर्षका बच्चा रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

धेरै पढिएको