२५ असार २०८२, बुधबार
Follow Us

फेसबुक र युट्युब हेर्नै नसकिने हुन्छन्ः प्रधानमन्त्री ओली

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०८१, आईतवार १३:४०

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनलाई धरापमा पार्नेगरी अनेक तत्वहरु निस्कन थालेकाले प्रमुख पार्टीहरू मिलेर सरकार बनाएको बताएका छन ।

आज आइतबार आइतबार २१ औँ ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रमलाई काठमाण्डुमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले वर्तमान सरकार देशमा भइरहेका अस्थिरताको अन्त्यको पक्षमा रहेको पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार सरकार, सरकार बनाउन होइन देशका समस्या र अस्थिरता समाप्त पार्न तथा विकृतिबाट मुक्त गर्न बनेको हो ।’ उनले कतिपय शक्तिहरू नेपाललाई भाँड्न सामाजिक सदभाव बिथोल्न र अराजकता निम्त्याउन लागि परेको भन्दै त्यसरी समृद्ध नेपाल बन्न नसक्ने पनि बताएका छन ।

उनले भने, ‘सबै मिलेर मात्र नेपाल बन्छ । हामी सामाजिक सदभाव र न्यायका कुरा गर्छौ, ‘भाँडभैलो ल्याउने होइन ।’ उनले दुर्गा प्रसाईंलाई सङ्केत गर्दै कतिपयले वैंकको ऋण नतिर्न उर्दी जारी गर्ने गरेको भन्दै बैङ्कको ऋण लिने अनि नतिर्ने भनेर उर्दी जारी गर्नु अराजकता भएको बताए ।

उनले देशलाई धनी र सम्पन्न बनाउनै पर्ने भन्दै दुःखबाट मुक्त गरेर तमाम नेपालीलाई सुखी बनाउनेतर्फ सरकारको ध्यान गएको पनि बताएका छन । उनले थपे, ‘हाम्रा छोरा नातिहरूले यस्तै खालको गरिबी भोग्न नपरोस् भनेर सरकार लागेको छ’, उनले भने, ‘यसमा सबै जातजाति, भाषाभाषी र सबै नेपाली एक भएर लाग्नुपर्छ ।’

सभ्य समाजमा अराजकता मौलाउन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘फेसबुक, युट्युब हेर्‍यो सुन्नै र हेर्नै नसकिने हुन्छ’, ओलीले भने, ‘एकले अर्कोलाई शत्रु होइन, मित्र देख्ने गर्नुपर्छ ।’

धेरै पढिएको