२३ जेष्ठ २०८३, शनिबार
Follow Us

कांग्रेसको आर्थिक नीति तथा योजना विभाग विस्तार, बेलायतबाट त्रिपाठी मनोनीत

नेपालब्रिटेन डट कम्
१२ पुष २०८१, शुक्रबार २०:३१

लण्डन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका छन् ।

केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेल प्रमुख रहेको आर्थिक नीति तथा योजना विभाग सदस्यमा बिहीबार सदस्यहरू मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई सभापति देउवाले मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरूमा प्रा विनय कुसियत–धनुषा, प्राडा रश्मी राजभण्डारी–काठमाडौं, डा सुदन ओली–रोल्पा, डा ईशा घर्ती–लम्जुङ, डा रेवतबहादुर कार्की–ओखलढुंगा, डा प्रताप छत्कुली–धादिङ, डा राजेन्द्र बीर चन्द–कैलाली, अमरबहादुर रोकाय–सुर्खेत, राजकुमार त्रिपाठी (बेलायत) धादिङ, होमप्रसाद घिमिरे–ललितपुर रहेका छन् ।

को हुन् बेलायतका राजकुमार त्रिपाठी

इन्जिनियरिङ क्षेत्रमा विशिष्ट अनुभव भएका त्रिपाठीले बेलायतको अत्यन्तै व्यस्त ट्रान्सपोर्ट अफ लण्डन अन्डरग्राउन्डमा सिनियर इन्जिनियरको रूपमा काम गरिसकेको छ। उनले सिभिल इन्जिनियरिङमा स्नातक र कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन्।

त्रिपाठी गैरआवासीय नेपाली संघ यूकेका पूर्व महासचिव पनि हुन्। उनको नयाँ जिम्मेवारीप्रति खुशी व्यक्त गर्दै उनले आर्थिक नीति तथा योजना विभागको सदस्यमा भूमिकामा रहँदा नेपाली कांग्रेसको हितमा काम गर्ने प्रतिबद्धता जनाए।

यसैगरी, त्रिपाठी हालै सम्पन्न भएको आमनिर्वाचनमा वेस्ट ह्यारो क्षेत्रको लिड चुनावी संयोजक थिए, जहाँ उनले लेबर पार्टीलाई संसदीय चुनाव जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

वेलायतमा २१ वर्षदेखि बसोबास गर्दै आएका त्रिपाठी एक बौद्धिक व्यक्तित्वका रूपमा चिनिन्छन्। नेपालका मानवअधिकार, प्रजातन्त्र, पारदर्शिता, भ्रष्टाचार निवारण, बेरोजागी निवारण, र कानूनी शासनको स्थापनाका लागि उनले लेख, रचना, स्ट्याटस र अन्तरवार्तामार्फत खबरदारी गर्दै आएका छन्।

त्रिपाठीको जन्म नेपालका धादिङ जिल्लामा भएको हो र उनी आफूलाई एक विकास विज्ञको रूपमा प्रस्तुत गर्छन्।

धेरै पढिएको

slot gacor