२८ आश्विन २०८२, मंगलवार
Follow Us

प्रहरी हत्या प्रकरणमा अनुसन्धान अधिकृत र इन्स्पेक्टरसहित ३ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१४ पुष २०८१, आईतवार १३:३९

काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाल प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा राष्ट्रिय अनुसन्धानका अधिकृतसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरूलाई आइतबार बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका-३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरामा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जितपुर सिमरा उपमहानगरपालिका-१९ घर भई वडा नं १ स्थित जय माँ इन्जिनियरिङ वर्कसपका सञ्चालक २७ वर्षका पुरुषोत्तम कुमार दास र सोही स्थानका २० वर्षका ईन्द्रजित कुमार चौहान छन्।

गत पुस ६ गते जितपुर सिमरा उप महानगरपालिका-११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक खण्डको छेउमा बागमती प्रदेश ०१९०२८ च ७६१६ नम्बरको कारमा रुम्बाको शव भेटिएको थियो।

धेरै पढिएको