२९ पुष २०८१, सोमबार
Follow Us

कांग्रेस केन्द्रीय सदस्य किरण पौडेल अमेरिकामा

नेपालब्रिटेन डट कम्
१४ पुष २०८१, आईतवार १५:१८

न्यूयोर्क । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण शर्मा पौडेल आइतवार अमेरिका आइपुगेका छन् ।

पार्टीको सांगठानिक कामको लागि पौडेल अमेरिका आएका पौडेललाई नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले विमानस्थलमा स्वागत गरेका थिए ।

नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखसमेत रहेका पौडेल ४९ औं राष्ट्रीय एकता एवं मेलमिलाप दिवसको अवसरमा समितिले आयोजना गर्न लागेको कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

पुष १६ गते नेपाली कांग्रेसले राष्ट्रीय एकता एवं मेलमिलाप दिवस मनाउदै आइरहेको छ। भारत निर्वासनमा रहेका नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव विश्वेश्वरप्रसाद कोइराला विक्रम संवत २०३१ पुष १६ गते मेलमिलाप नीतिको घोषणा गर्दै अन्य नेताहरुसँगै स्वदेश फर्केको दिनको ऐतिहासिक दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाउदै आइरहेको छ।

दुई साताको अमेरिका बसाइको क्रममा उनले जनसम्पर्क समितिका नेतृत्व तह र सदस्यहरुसँग भेटघाट र अन्तरक्रियामा सहभागी हुने भएका छन् ।