काठमाडौं । गायिका सुजाता केसीको स्वर रहेको ‘मुटुको आधा हौ तिमि’ बोलको गीत आज (माघ २० गते) सार्वजनिक गरिएको छ । उक्त गीत सुजाता के.सी अफिसियल युट्युब च्यानलमार्फत भिडियो सर्वाजनिक भएको छ । दर्जनौ हिट गीत गाइसकेकि गायिका केसीको धेरै गीतहरु करोड कल्बमा पुगी सकेका छ्न् । पछिल्लो समय उनै गायिका सुजाता केसीले गाउनु भएको ‘छ भने माया’ बोलको गीत अत्यधिक रुचाइएको छ ।
‘मुटुको आधा हौ तिमि’ गीतको शब्द र सङ्गीत ऋषि खड्काले भर्नुभएको हो भने सन्जिव बराइलीको एरेन्ज छ। सरोज दाहालको कथा एवं निर्देशनमा तयार भिडियोमा शुशिल शर्मा र सुजाता केसीले अभिनय रहेको छ । गीतको छायाङ्कन जापानको बिभिन्न ठाउँमा गरिएको छ ।
भिडियोले एक सफल प्रेमिल जोडिको कथा बताउने र गायिका केसीले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा उपहार स्वरुप आफ्ना प्रिय दर्शक श्रोतामा सर्मपण गरेको बताइन् भयो । उनले दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया आउने अपेक्षा गरेको समेत बताइन ।
कैलाश तामाङ बोमजन छायाँकन गरेको भिडियोमा टोकियोका मनोरम र रोमान्चकारी दृश्य भिडियोमा देख्न पाइने निर्देशक सरोज दाहालले दाबी गरे । निर्देशक दाहाल विगत लामो समयदेखि पत्रकारिता, भिडियो डकुमेन्ट्री ,डकु ड्रामा गरेको अनुभव रहेको छ । उनले भने ‘म क्यामेरा सङ त परिचित नै थिए । तर यसपटक नौलो प्रयास गरेको छु ! आशा छ दर्शक श्रोताले साथ दिनु हुनेछ ।’