काठमाडौं । आहारारा पोखरा गोल्डकपको दोस्रो क्वाटरफाइनलमा आज थ्रीस्टार क्लब र र मछिन्द्र फुटबल क्लब भिड्दैछन् ।
खेल पोखरा रंगशालामा दिउँसो २ बजे देखि शुरु हुने तालिका छ । प्रतियोगिताको प्रिक्वाटरफाइनलमा मछिन्द्रले विभागीय टिम एपीएफलाई २–० ले हराउँदै अन्तिम आठमा पुगेको हो । थ्रीस्टार सिधै क्वाटरफाइनल बाट पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।
माघ २२ गते बाट शुरु भएको प्रतियोगितामा ३ विदेशी सहित १२ टोली सहभागी छन् । प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।