३ चैत्र २०८१, सोमबार
Follow Us

आईसीसी च्याम्पियन्स ट्रफी : आज पाकिस्तान र न्युजिल्याण्ड खेल्दै

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०८१, बुधबार ०५:४८

काठमाडौं । पाकिस्तानमा आज (मंगलबार) देखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट शुरू हुँदै छ ।

उदघाटन खेलमा पाकिस्तान र न्युजिल्यान्डले दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछन । समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड रहँदा समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका रहेका छन् ।

प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतका खेल भने दुबईमा हुनेछ । प्रतियोगिता १९ दिन चल्दा १५ खेल हुने छन् । ८ टिमलाई ४–४ वटाको दुई समूहमा विभाजना गरिएको छ । समूहचरणमा एक टिमले ३ खेल खेल्ने छ ।

समूहको शीर्ष २ मा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियन्स ट्रफिमा भारतले भने आफ्ना सबै खेल युएईमा खेल्ने छ । विजेताले करिब ३२ करोड प्राप्त गर्दा उपविजेताले करिब १६ करोड बराबर प्राप्त गर्ने छ । यो पटक सेमिफाइनल हार्ने दुई टिमले समान ८–८ करोड नेपाली रुपैयाँ बराबर प्राप्त गर्ने छन् ।

पाकिस्तानमा २९ वर्षपछि कुनैपनि आइसीसी प्रतियोगिताको आयोजना हुन लागेको हो । यसअघि १९९६ मा अन्तिम पटक एकदिवसीय विश्वकपको आयोजना भएको थियो ।