३ चैत्र २०८१, सोमबार
Follow Us

एनआरएनएले सदस्यता वितरण अभियान आइतवारदेखि सुरु, ६ क्षेत्रमा एकै दिन कार्यक्रम तय

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०८१, शनिबार १९:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा काठमाण्डौमा हुने १२ औं विश्व सम्मेलनको तयारीका लागि राष्ट्रिय समितिको सदस्यता वितरणलाई तीव्रता दिने भएको छ।
संघका प्रवक्ता फणिन्द्र पन्तका अनुसार, संघले आइतवारदेखि एसिया, ओसिनिया, मध्यपूर्व, युरोप, अफ्रिका र अमेरिका क्षेत्रका सदस्यहरूसँग सो अभियान सञ्चालन गर्ने भएको हो।
संघको सदस्यता वितरण, सदस्यहरूको कर्तव्य, अधिकार र सुविधाबारे सो कार्यक्रममा जानकारी दिइनेछ।

कार्यक्रममा एनआरएनएको नयाँ सदस्य सूचना प्रणाली (MIS) र स्मार्ट एनआरएनएको अपडेट बारे सदस्यहरूसँग छलफल गरिनेछ। कार्यक्रममा गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरू र केन्द्रीय पदाधिकारीहरू भर्चुअल माध्यमबाट जोडिनेछन्।

कार्यक्रमको विवरण:
📅 मिति: फेब्रुअरी २३, २०२५, आइतबार
🕛 समय:
• एसिया, ओसेनिया र मध्यपूर्व: दिउँसो १२:०० (नेपाल समय)
• युरोप, अफ्रिका र अमेरिकाज्: साँझ ०८:०० (नेपाल समय) 📍 माध्यम: Zoom 🔗 Meeting ID: 769 942 5329
🔑 Passcode: 2025

कार्यक्रमको प्रारुप:
⏳ समय अवधि: करिब ९० मिनेट
🎤 Moderator: फणिन्द्र पन्त (संयोजक, सूचना समिति तथा ICC प्रवक्ता)
कार्यक्रमको चरणहरू:
1️⃣ ओपनिङ्ग रिमार्क, संस्थाको सदस्यता अभियान २०२५ योजना, दूरदृष्टि तथा आकांक्षा (५ मिनेट)
• प्रस्तुतकर्ता: महासचिव गौरी राज जोशी
2️⃣ संघको सदस्यता – वैधानिक व्यवस्था साथै संस्थागत सदस्य व्यवस्थापन को छोटो झलक (१० मिनेट)
• प्रस्तुतकर्ता: भवानी वोली (संयोजक, विधान समिति) तथा अन्तर्राष्ट्रिय समन्वय परिषद कार्यकारी सचिवालय सदस्य – IES प्रतिनिधि तथा क्षेत्रीय संयोजन परिषद प्रतिनिधि
3️⃣ संघको MIS सिस्टम २०२५ अपडेट्स (१५ मिनेट)
• प्रस्तुतकर्ता: महेश श्रेष्ठ (Senior IT Officer)
4️⃣ संघको सूचना – संचार (१० मिनेट)
• आधिकारिक माध्यमहरू, पद्दति तथा आवश्यकताहरू
• प्रस्तुतकर्ता: इन्द्रलाक्ष्मी घिमिरे (संचार तथा श्रम सूचना अधिकारी)
5️⃣ संघको सदस्यता (१० मिनेट)
• सुविधा, उपलब्धि तथा व्यवस्थापनमा अभ्यास
• विधि र प्रविधिको समन्वयात्मक भूमिका
• प्रस्तुतकर्ता: डा. नवराज रोस्यारा
6️⃣ संघको सदस्यताको अधिकार, कर्तव्य र जवाफदेहिता (५ मिनेट)
• संस्थागत अनुशासन
• प्रस्तुतकर्ता: रतन झा (संयोजक, अनुशासन समिति)
7️⃣ प्रश्नोत्तर सत्र (२५ मिनेट)
• सहभागीहरू: ICC सदस्यहरू, NCC अध्यक्ष, महासचिव, कार्यसमिति तथा पंजीकृत सदस्यहरू सहित जिज्ञासु NRN हरू
8️⃣ सारांश र समापन (५ मिनेट)