२४ असार २०८२, मंगलवार
Follow Us

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक दिउँसो ३ बजे

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०८१, आईतवार ०६:१३

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आगामी कार्यक्रम तथा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा छलफल हुने उनले जानकारी दिएका छन् ।

धेरै पढिएको