२४ असार २०८२, मंगलवार
Follow Us

पत्रकार सम्मेलनमा दुर्गा प्रसाईं किन जंगिए ?

नेपालब्रिटेन संवाददाता
६ चैत्र २०८१, बुधबार १४:२४

काठमाडौं । वर्तमान व्यवस्था विरोधी अभियान चलाएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाहरूले राजाका नाममा धेरै ठुलो राजनीति गरेको दाबी गरेका छन ।

आज (बुधवार) पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो बताएका हुन । उनले लिङ्देन र थापाहरूले आफू नपढेको र केही नबुझ्नेजस्तो व्यवहार गरेर कहिले के समिति बनाउने त कहिले के गर्ने गरेको भन्दै आक्रोश पोखेका हुन ।

प्रसाईंले भने, ‘हिजो हामीले धेरै राष्ट्रवादी शक्तिसँग अनुनय विनय गर्‍यौँ । राजा र हिन्दु राष्ट्रको पक्षमा उभिएका कमल थापा र राजेन्द्र लिङदेन, रवीन्द्र मिश्र र धवलशम्शेरसँग अनुनय विनय गर्‍यौँ तर उहाँहरू धेरै ठुलो राजनीति गर्नुहुँदो रहेछ, ‘मानौँ यो अभियानलाई त कस्तो सम्झेको रहेछ भने दुर्गा प्रसाईं पढेलेखेको छैन, बुझ्दैन, जे गर्दा पनि हुन्छ भनेर कहिले यता कमिटी बनाउने, कहिले उता कमिटी बनाउने, कहिले आफैँ आन्दोलन गर्ने गर्नुभयो ।’

उनले आफू राजाको नजिक हुनेभन्दा पनि जनताको नजिक हुने भन्दै राजा र जनताको आँखाबाट आशु झर्न नदिने समेत बताए । प्रसाईंले चैत १५ गते हुने प्रदर्शनमा हरेक नागरिक देशको रक्षा गर्न खुकुरी बोकेर आउने भन्दै गणतन्त्रको अन्त्य नगरी नागरिकले सुख नपाउने पनि बताएका छन ।
मल्ल उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धेरै पढिएको