३२ असार २०८२, बुधबार
Follow Us

उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणाली मार्फत व्यवस्था

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०८१, शुक्रबार ०६:१२

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (के.यु.के.एल.) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ ।

मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए । सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ ।

यसैबीच, के.यु.के.एल.ले परीक्षणका रुपमा चःमती र अनामनगर क्षेत्रमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको जनाएको छ ।

धेरै पढिएको