२४ असार २०८२, मंगलवार
Follow Us

राजदूत घिमिरेको ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रोकियो

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०८१, बिहीबार १९:४०

लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले बेलायती राजा चाल्र्स तृतीय समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम अन्तिम समयमा आएर रोकिएको छ।

नेपाली दूतावास लण्डनका उपप्रमुख विपिन दुवाडीका अनुसार बकिङ्घम प्यालेसले विशेष कारण भन्दै सो कार्यक्रम स्थगित गरेको हो।

“हामीलाई विहिवार बिहान १२:४० बजेको समय दिइएको थियो, पछि फेरि ३:४० बजेका लागि पुनः तोकियो। हामी तयारी अवस्थामा दरबार पुगेका थियौँ, तर अन्तिम समयमा विशेष कारण देखाएर कार्यक्रम रोकियो,” दुवाडीले नेपालब्रिटेन डट कमसँग बताए।

उनका अनुसार नेपालसँगै बंगलादेश र सोमालियाका राजदूतहरूले पनि राजासमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको थियो, तर सबैको एकैसाथ कार्यक्रम स्थगित भएको हो।

राजदूत घिमिरेले गत जनवरी महिनादेखि लन्डनस्थित नेपाली दूतावासको कमान्ड सम्हालेका थिए।

परम्परागत रूपमा ओहोदाको प्रमाणपत्र पेश गरेपछि नेपाली दूतावास भवनमा आयोजना हुने रिसेप्सन कार्यक्रमसमेत रद्द गरिएको दूतावासले जनाएको छ।

धेरै पढिएको