३० असार २०८२, सोमबार
Follow Us

शिक्षकका मागप्रति गम्भीर छौँ, चाँडै निर्णय लिन्छौँ: कावा प्रधानमन्त्री सिंह

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०८१, बिहीबार १३:५१

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधन गर्ने गरी ठोस पहल अघि बढाइने भएको छ । शिक्षकहरू शिक्षा विधेयकमा आफूहरूले अघि सारेका मागहरू सम्बोधन गर्ने गरी चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् ।

यसबारे बिहीबार साँझ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायतले छलफल गरेका थिए । उक्त छलफलबारे जानकारी गराउँदै उनले भनेका छन्, ‘शिक्षा विधेयक अघि बढाउन सरकारले भूमिका निर्वाह गर्छ ।’

तर, उनले सरकारले कहिले र कसरी माग सम्बोधन गर्ने गरी निर्णय लिने गृहमन्त्री लेखकले बताए । ‘अहिले हामीले छलफल गरेका छौँ । सरकार शिक्षकले उठाएका विषयमा सरकार अत्यन्तै ज्यादा गम्भीर छ । चाँडै यो विषयमा ठोस निर्णयमा पुग्छौँ,’ उनले भने ।

धेरै पढिएको