७ जेष्ठ २०८२, बुधबार
Follow Us

शिक्षकमाथि प्रहरी वल प्रयोग गर्नु र धम्क्याउनु सरकारको अर्को कुसाशन: शेखर कोइराला

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०८२, आईतवार १३:२३

काठमाडौ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले शिक्षकहरुको समस्या समाधान गरी पठन-पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतवार सामाजिक सञ्जालमा आफ्नो भनाई राख्दै कोइरालाले यस्तो बताएका हुन्।

शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भएको बताउदै उनले शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्न जोड दिएका छन्। शिक्षकमाथि प्रहरी वल प्रयोग गर्नु र धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण भएको नेता कोइरालाको आरोप छ ।

पठन-पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको भन्दै कोइरालाले समस्या समाधान गर्न सरकारकाको ध्यानाकर्षण गराएका हुन् ।