३१ श्रावण २०८२, शनिबार
Follow Us

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०८२, मंगलवार ०५:२६

काठमाडौं । साफ उन्नाइस वर्ष मुनिको फुटबलमा आज नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन ।

अरुणाचल प्रदेशको युपियास्थित गोल्डेन जुबिली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुनेछ । उक्त खेलमा दुवै टोलीको ध्यान भने समूह ‘बी’ को शीर्ष स्थान कब्जा गर्नेमा रहेको छ ।

दुबै टोलीले पहिले नै सेमिफाइनलको स्थान सुरक्षित गरिसकेका छन । दुवै टोलीका लागि यो अन्तिम समूह चरणको खेल निर्णायक बन्नेछ । पहिलो खेलमै भारतले प्रतियोगिताकै कमजोर टोली श्रीलंकाविरुद्ध ८–० को फराकिलो जित निकालेको छ ।

नेपालले पनि श्रीलंकालाई पाँच शुन्यले हराएको छ भारतलाई समूह विजेता बन्न गोलरहित बराबरीको नतिजा नै पर्याप्त हुनेछ । तर, नेपाललाई जितको विकल्प छैन ।

धेरै पढिएको