९ भाद्र २०८२, सोमबार
Follow Us

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०८२, शुक्रबार ११:१५

काठमाडौं। एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन । प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनी असार १५ गते एक हप्ताका लागि स्पेन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने लागेको सो सम्मेलनमा विभिन्न ४० वटा देश सहभागी हुने बताइएको छ । सम्मेलनमा ती देशका सरकार प्रमुख, अर्थमन्त्री, वित्तीय संस्थाका प्रतिनिधि, विकास साझेदार र नागरिक समाजका अगुवाहरूको सहभागिता हुने बताइएको छ ।

सम्मेलनको उद्देश्य विश्वव्यापी विकास लक्ष्य हासिल गर्न आवश्यक स्रोत परिचालन गर्ने, वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने, ऋण व्यवस्थापन सुधार गर्ने तथा सार्वजनिक–निजी साझेदारीमार्फत दिगो विकासका कार्यक्रमहरूलाई सशक्त बनाउने रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

धेरै पढिएको