२५ असार २०८२, बुधबार
Follow Us

इरान इजराय युद्धले कच्चा तेलको मूल्य बढ्यो

नेपालब्रिटेन संवाददाता
५ असार २०८२, बिहीबार ०५:३५

इरान र इजरायलबीचको युद्ध चर्किंदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको छ । विश्वबजारमा बिहीबार कच्चा तेलको मूल्य बढेर एक ब्यारेलको ७७ अमेरिकी डलर पुगेको छ । एक साता नपुग्दै तेलको मूल्य ७ डलर बढेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मुरवान क्रुडका कच्चा तेलको मूल्य ब्यारेलको ७६ दशमलब ७० डलर पुगेको छ । ब्रेन्ट क्रुडमा ७६ दशमलब १८ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ ।

इरान र इजरायलबीच युद्धमा अमेरिका पनि मिसिने भएपछि मध्यपूर्वमा त्रास बढेको छ । युद्धका कारण तेलेको आपूर्तिमा प्रभाव पर्न थालको छ । मध्यपूर्वमा युद्ध चर्किएपछि खाडी मुलुकहरूबाट पेट्रोलियम पदार्थ आपूर्ति कम हुने अवस्था आएपछि विश्वबजारमा कच्चा तेलको मुल्य बढेको हो ।

इरान पनि ठूलो कच्चा तेल उत्पादक मुलुक हो ।

धेरै पढिएको