२८ असार २०८२, शनिबार
Follow Us

एनआरएनए उपाध्यक्ष डा. शर्मा नेदरल्याण्ड र बेल्जियमका कार्यक्रममा सहभागी हुने

नेपालब्रिटेन संवाददाता
७ असार २०८२, शनिबार ०४:५०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबर ११ देखि हुने १२औं महाधिवेशनको तयारी सुरु गरेको छ। संघको विधानअनुसार विश्वभरका ९१ देशमा जुलाई महिनाभित्र एकैपटक निर्वाचन सम्पन्न गरिनेछ। राष्ट्रिय समितिको निर्वाचन नजिकिँदै जाँदा संघका उपाध्यक्ष डा. हेम राज शर्माले युरोप क्षेत्रका गैरआवासीय नेपालीहरूसँग अन्तरक्रिया गर्ने तयारी गरेका छन्।

संघका प्रवक्ता फडिन्द्र पन्तका अनुसार डा. शर्मा भोलि आइतबार नेदरल्याण्डमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन्। “नेपाली संसारभरः सम्बन्ध, सहकार्य र सम्भावना” विषयमा केन्द्रित सो कार्यक्रममार्फत डा. शर्माले युरोपस्थित नेपाली समुदायसँग संवाद गर्नेछन्।

पूर्वमहासचिव समेत रहेका डा. शर्मा हाल बेलायतको लिभरपुल विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन्।

प्रवक्ता पन्तका अनुसार कार्यक्रममा विशेषगरी नेदरल्याण्ड, बेल्जियम र लक्जेम्बर्गमा बसोबास गर्ने विभिन्न पेशा, उमेर र पृष्ठभूमिका नेपाली डायस्पोराका सदस्यहरू सहभागी हुनेछन्।

यस्तै, डा. शर्मा सोमबार बेल्जियममा आयोजना हुने छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) च्याप्टर सम्मेलनमा पनि सहभागी हुने तय भएको छ।

राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा संघका अन्य पदाधिकारीहरू पनि विभिन्न देशका कार्यक्रमहरूमा सहभागी भई सक्रियता देखाइरहेका छन्।

धेरै पढिएको