२५ असार २०८३, बिहीबार
Follow Us

काँग्रेसले मेयर नजितेका ठाउँमा पैसा पठाउँदैनौं : आरजु राणा

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०७९, बिहीबार १२:४९

काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने बताएकी छन्। उनले गृह जिल्ला डडेलधुरामा आज आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी हुन्।

डडेलधुरामा नेपाली काँग्रेस र नेपाली काँग्रेस (बिपी) का उम्मेदवारबिच प्रतिस्पर्धा हुने देखिएको छ। उनले काँग्रेस बिपीका उम्मेदवारलाई भोट नदिन आग्रह गरिन् । उनले भनिन्, ‘जहाँ काँग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ । यो कुरा ध्यान दिएर करुवा सरुवा, पार्टीलाई भोट नहाल्नुस्।’

धेरै पढिएको