अमेरिकी सर्वोच्च अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि ठूलो कानूनी जित दिलाएको छ। उनले महत्त्वपूर्ण कानूनी लडाइँ जितेका छन् । अमेरिकाको सर्वोच्च अदालतले तल्लो तहका अदालतलाई राष्ट्रपति ट्रम्पलाई नीतिगत निर्णयका लागि नरोक्नका लागि निर्णय गरेको छ। अदालतले ६–३ को मतले सो निर्णय भएको हो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति ट्रम्पले खारेज गरेको ‘बर्थराइट सिटिजनसिप’को निर्णय लगायत धेरै निर्णय यसबाट प्रभावित हुने भएका छन्। ट्रम्पले निर्बाध रूपमा काम गर्न पाउने अधिकारलाई अदालतले सुरक्षित गरेको छ ।
ट्रम्पको चर्चित जन्मसिद्ध नागरिकता अन्त्य गर्ने आदेश मात्र होइन, उनका अरू धेरै नीतिहरूलाई समेत कार्यान्वयन गर्ने बाटो खोलेको छ, जुन हालसम्म तल्लो अदालतहरूले अस्थायी रूपमा रोक लगाएका थिए।
सर्वोच्च अदालतको निर्णय अनुसार ट्रम्प प्रशासनले अमेरिकी भूमिमा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने परम्परा अन्त्य गर्ने कार्यकारी आदेश अब एक महिनापछि कार्यान्वयनमा जान पाउनेछ। यद्यपि यदि कुनै व्यक्तिले मुद्दा हाल्ने कानुनी हैसियत राख्छ भने अदालतले अझै तल्लो अदालतहरूलाई उक्त निर्णयको प्रभाव सीमित गर्न सक्ने छुट दिएको छ ।