२५ असार २०८२, बुधबार
Follow Us

एनआरएनए न्यूजील्याण्डको अध्यक्षमा डा. अर्याल सर्वसम्मत

नेपालब्रिटेन संवाददाता
१५ असार २०८२, आईतवार १२:२८

लण्डन । गैरआवासीय नेपाली संघ न्यूजील्याण्डको आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार डा. अच्युत अर्याल सर्वसम्मत भएका छन्।

“परिपक्व सोच, युवा नेतृत्व — हाम्रो प्रस्तावित टिम” भन्ने नारासहित उम्मेदवारी दर्ता गरेका डा. अर्यालको पुरै कार्यसमिति सर्वसम्मत भएको हो।

उनको टोलीमा देशभरका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी पदाधिकारी र सदस्यको नाम समेटिएको छ। अध्यक्षमा डा. अच्युत अर्याल स्वयं रहेका छन् भने उपाध्यक्ष (उत्तर) मा ताक बी गुरुङ र उपाध्यक्ष (दक्षिण) मा कृष्ण भण्डारी रहेका छन्। महासचिवमा कमल बासेल (नरहरी), सचिव (उत्तर) मा सुरेश बुढा थापा, सचिव (दक्षिण) मा मिलन जीसी, कोषाध्यक्षमा डा. सुलभ पौडेल र सह–कोषाध्यक्षमा हरि ओम सापकोटा रहेका छन्।

प्रवक्ताका रूपमा डा. प्रक्षित निरौला र महिला संयोजकका रूपमा नमिता दवाडी रहेका छन्। कार्यसमिति सदस्यमा विद्या अधिकारी (न्यु प्लाईमाउथ), रामचन्द्र अर्याल र अनिशा शर्मा (अकल्याण्ड), सीमा थापा (ह्यामिल्टन), डा. गोविन्द निरौला (वेलिङ्टन), सुरेश लामा (क्राइस्टचर्च), संजय तामाङ (एशबर्टन), डा. अशिक बान्स्टोला (डुनेडिन), रबिन पुन (गोर), डा. उज्वल बस्ताकोटी (इनभरकार्गिल) रहेका छन् भने टीका राम गिरीलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्का लागि प्रस्ताव गरिएको छ।

टिम घोषणा गर्दै डा. अर्यालले सबै नेपाली समुदायको निरन्तर साथ र समर्थनप्रति आशावाद व्यक्त गर्दै “हामी तपाईंहरूको निरन्तर साथ र समर्थनमा पूर्ण रूपमा आशावादी छौं” भनेका छन्। उनकी कार्यसमितिमा आधा दर्जनभन्दा बढी शैक्षिक क्षेत्रका व्यक्तिहरु समेटिएका छन्।

“यस्तो अफ्ठेरो अवस्थामा कार्यसमितिमा एकेडेमिक र विज्ञ साथीहरूको उपस्थिति उत्साहजनक भएको” आइसीसी उपाध्यक्ष डा. हेमराज शर्माले बताए। संघ बाहिर बसेर आलोचना गर्नुभन्दा संघभित्रै आएर रुपान्तरणको खोजी गर्न अन्य देशका विज्ञ साथीहरूलाई पनि उनले आग्रह गरे।

धेरै पढिएको