लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। निर्वाचन समिति संयोजक रामशरण सिमखडाका अनुसार प्राप्त उजुरीहरूको छानबिनपछि मंगलबार अन्तिम नामावली सार्वजनिक गरिएको हो।
निर्वाचनका लागि ३५०१ जनाको नामावली अनुमोदन गरिएको छ। आगामी जुलाई २६ मा अनलाइन माध्यमबाट मतदान हुने तय भएको छ। उम्मेदवारहरूको मनोनयन दर्ता जुलाई १३ मा हुने छ।