लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले माल्टाको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को निर्वाचनका लागि निर्वाचन संयोजक तोकेको छ। संघले जुलाई १७ मा अध्यक्ष रेम्सलाल खनाललाई पत्र पठाउँदै भुवन अर्याललाई निर्वाचन संयोजकमा नियुक्त गरेको हो।
निर्वाचन समितिमा सदस्यका रूपमा नविन गिरी, गोविन्द खरेल, दिनेश कार्की, मिलन पोखरेल, प्रकाश बगाले र कमल पोखरेल रहेका छन्।
गैरआवासीय नेपाली संघको विधानअनुसार प्रत्येक राष्ट्रिय समन्वय परिषद्ले जुलाई महिनाभित्र अनिवार्य रूपमा निर्वाचन सम्पन्न गर्नु पर्ने व्यवस्था छ।