११ श्रावण २०८२, आईतवार
Follow Us

यी हुन् एनआरएनएका राष्ट्रिय अध्यक्षहरू!

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०८२, आईतवार ०२:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२औं महाधिवेशनको तयारी अन्तर्गत विभिन्न देशका राष्ट्रिय समितिहरूमा नयाँ नेतृत्व चयन प्रक्रिया तीव्र रुपमा अघि बढिरहेको छ। संघको विधानअनुसार सबै राष्ट्रिय समितिहरूको निर्वाचन जुलाई ३१ भित्र सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ।

हालसम्म करिब दुई दर्जनभन्दा बढी देशमा निर्वाचन सम्पन्न भई परिणाम सार्वजनिक भइसकेको छ। जापान, दक्षिण कोरिया, बेल्जियम, क्यानडा लगायतका बाँकी देशहरूमा आज (आईतवार) निर्वाचन हुने तयारी छ।

राष्ट्रिय समितिहरूको निर्वाचनबाट महाधिवेशन प्रतिनिधिसमेत चयन गरिनेछ भने यसै प्रक्रियाबाट संघको केन्द्रीय सदस्यहरू पनि निर्वाचित हुँदैछन्। अगस्टको पहिलो सातादेखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने संघले जनाएको छ।

संघको आगामी अधिवेशनमा नयाँ नेतृत्वका लागि सबै पदाधिकारीको निर्वाचन अक्टोबरमा हुने तय भएको छ।

विभिन्न देशमा निर्वाचित एनआरएनए अध्यक्षहरूको नामावली:

१. स्विजरल्याण्ड – विष्णुप्रसाद थापा
२. न्यूजील्याण्ड – डा. अच्युत अर्याल
३. फ्रान्स – मिन कुमार श्रेष्ठ
४. हङ्गेरी – नारायणप्रसाद भण्डारी
५. दक्षिण सुडान – रामप्रसाद पाध्या
६. युगान्डा – रमा अर्याल
७. चेक गणराज्य – छविलाल कँडेल
८. आयरल्याण्ड – चेतराज ओली
९. स्विडेन – राजेन्द्र तामाङ
१०. साउदी अरब – उमेश भट्टराई
११. पोर्चुगल – बमबहादुर जिसी
१२. नेदरल्याण्ड्स – सबु पौडेल
१३. अमेरिका – विकास उप्रेती
१४. मकाउ – युवराज नेउपाने
१५. हङकङ – अनु राई
१६. अष्ट्रिया – विनोद चौलागाई
१७. युके – राजेन्द्र पुडासैनी
१८. अष्ट्रेलिया – सन्तोष कुँवर
१९. स्पेन – सन्तोष श्रेष्ठ

धेरै पढिएको