१२ श्रावण २०८२, सोमबार
Follow Us

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता दाजुभाइ मृत फेला

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०८२, सोमबार १३:४२

काठमाडौं । रसुवा जिल्लामा रहेको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत अवस्थामा भेटिएका छन । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए ।

उनीहरू दाजुभाइ (मामा–फुपुका छोराहरू) रहेको खुलेको र मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । सोमबार बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ ।

मृत भेटिएका दाजुभाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको मृतकका दाजु विवेक मिश्रले जानकारी दिएका छन । मनोज काठमाडौं बस्दै आएका थिए । विराटनगरस्थित घरमा बस्दै आएका सुजन केही दिनअघि काठमाडौं गएका उनले जानकारी दिए ।

काठमाडौंबाट साथीभाइसँग उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए । आइतबार गोसाइँकुण्डमा स्थान गर्ने क्रममा दुवै बेपत्ता भएका थिए । एक जना चिप्लिएपछि अर्का उद्दार गर्न गएका थिए । उद्धार गर्न खोज्दा दुवै जना बेपत्ता भएका थिए ।

धेरै पढिएको