२१ श्रावण २०८२, बुधबार
Follow Us

प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार त्याग्दैनौंः हमास

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०८२, आईतवार ०४:५२

हमासले हतियार बिसाउन अस्वीकार गरेको छ । प्यालेस्टाइन सम्प्रभू देश नबनेसम्म हतियार नबिसाउने हमासले घोषणा गरेको छ । गाजा क्षेत्रमा इजरायल र हमासबीचको युद्ध रोक्ने प्रयास भइरहेका बेला हमासले आफ्नो युद्धविराम नरोक्ने जवाफ दिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्ताव राखेका थिए । त्यसमा इजरायलले युद्धविरामका लागि हमासले हतियार त्याग्नुपर्ने सर्त राखेको थियो ।

इजरायलले युद्धविरामका लागि सशस्त्र प्यालेस्टिनी समूह हमासले हतियार त्याग्नुपर्ने प्रमुख सर्त राख्दै आएको छ । इजरायल र हमास आआफ्नो अडानमा कायम रहेकाले युद्धविरामका लागि पछिल्लो समय भइरहेको वार्ता पनि रोकिएको छ । केही दिन अगाडि अरब दशहरुले हमासले हतियार बिसाउने र गाजाको नियन्त्रण छोड्न अनुरोध गरेका थिए ।

धेरै पढिएको