१७ कार्तिक २०८२, सोमबार
Follow Us

एमाले निर्वाचनबाट भाग्ने दल होइनः एमाले महासचिव

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०८२, सोमबार १२:४५

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने दल नभएको बताएका । आज (सोमबार) काठमाण्डूमा एमालेको प्रेस चैतारी नेपालले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन ।

उनले एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने पनि बताए । उनले एमाले जनताको पहिलो पार्टी रहेको बताउँदै महासचिव पोखरेल जनमतबाट अलग हुने विषयको कल्पना गर्न नसकिने दाबी गरे । महासचिव पोखरेलले वर्तमान सरकार आफैं संवैधानिक परीक्षणबाट गुज्रिनुपर्ने अवस्था भएकाले निर्वाचनको कुरा बच्पना हुने पनि बताए ।

उनले भने, ‘मैले यतिमात्र भन्छु तर नेकपा एमाले पार्टी चुनावबाट भाग्ने पार्टी त होइन । जनताको रोजाइको पहिलो पार्टी जनमतबाट अलग हुने भन्ने चाहीँ कल्पना नै गर्न सकिँदैन, ‘तर नहुने चुनावमा हामी भाग लिन्छौ भन्दै हिड्ने कुरा केटाकेटी पन हुन्छ जस्तो लाग्छ ।

किनकि चुनाव गराउने सरकारनै संवैधानिक परीक्षणबाट गुज्रिनु पर्ने अवस्था छ पहिले कुरा त त्यही कुरा के हुन्छ भन्ने कुराकै ठेगान त छैन ।’ महासचिव पोखरेलले निर्वाचनमा जान शान्ति सुरक्षाको अवस्था सुनिश्चित नभएको बताउँदै आम नागरिक र राजनैतिक दल निर्वाचनमा सामेल हुनसक्ने वातावरण नभएको बताए ।

उनले थपे, ‘केही समय पछाडि सर्वोच्चको फैसला के आउने हो त्यसले बाटो तय गर्नेवाला छ । दोस्रो चाहीँ शान्ति सुरक्षाको अवस्था नै सुनिश्चित छैन, आम जनता चुनावमा सहभागि हुनसक्ने वातावरण छ कि छैन, राजनैतिक दल चुनावमा सामेल हुन सक्ने वातावरण छ कि छैन भन्ने कोणबाट हेर्दा खेरी चाहीँ अहिले यो सरकार चाहीँ चुनावको बाटोतिर हिँड्या छ भन्ने देखिँदैन ।’

धेरै पढिएको