१७ कार्तिक २०८२, सोमबार
Follow Us

एकताको निर्णय अनुमोदन गर्न माओवादीको बैठक भोलि बस्दै

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०८२, सोमबार १२:३१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय समितिको बैठक भोलि बस्दै छ।

नेकपा एससहित विभिन्न ८ दलसँग गर्न लागेको एकताबारे सचिवालयले गरेको निर्णय अनुमोदन गर्नको लागि भोलि बैठक बस्न लागेको हो।

भोलि दिउँसो १ बजे बैठक बस्न लागेको नेता हरिबोल गजुरेलले बताए। पार्टी एकताको निर्णय अनुमोदन गरेर भोलि नै सकिने उनले बताए। स्थान भने तय नभई नसकेको उनले बताए।

पार्टी एकताको निर्णयले माओवादी विभाजनतर्फ अघि बढेको छ। नेताहरू जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीसहित नेताहरूले अहिलेको एकताको पक्षमा उभिन नसक्ने सन्देश दिइसकेका छन्।

धेरै पढिएको