३० श्रावण २०८२, शुक्रबार
Follow Us

सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०८२, शुक्रबार ०६:०७

काठमाडौं । आगामी दशैँबाट सञ्चालनको तयारीमा रहेको नागढुङ्गा सुरुङमार्गको उपभोक्ता दस्तुर निर्धारण भएको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको हो ।

नागढुङ्गा सुरुङमार्ग हुँदै गुड्ने कार÷भ्यानहरूको काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क तर्नुपर्ने छ ।

त्यसैगरि मिनी बस/ट्रकको काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नुपर्ने छ । बस/ट्रकलाई भने काठमाडौँ आउँदा २६० र जाँदा २०० सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । भारी उपकरण काठमाडौं आउँदा ६०० र जाँदा २५० शुल्क मन्त्रिपरिषद्ले निर्धारण गरेको छ ।

धेरै पढिएको