३० श्रावण २०८२, शुक्रबार
Follow Us

परराष्ट्रमन्त्रीद्वारा भारतको स्वतन्त्रता दिवसको शुभकामना

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०८२, शुक्रबार ०६:०८

काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्ष डा एस जयशङ्करलाई उल्लेख गर्दै उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्त्व दिएको बताएकी छन् ।

“भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्”, परराष्ट्र मन्त्रीले एक्समा लेखेकी छन् ।

धेरै पढिएको