३० श्रावण २०८२, शुक्रबार
Follow Us

मनोहरामा सुकुम्वासी बस्ती हटाउँदा तनावः ३ नगर प्रहरी घाइते

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०८२, शुक्रबार १२:५५

काठमाडौं । काठमाडौंको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनावको अवस्था सिर्जना भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाण्डू महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएको बताइएको छ ।

घटनास्थलमा रहेका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन खोज्दा झडपको स्थिति उत्पन्न भएको हो । अर्यालले भने, ‘बस्ती हटाउनुअघि पटक–पटक सूचना दिइएको थियो तर अटेर गरेपछि बल प्रयोग गर्नुपरेको हो ।’ डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर,टहरामा डोजर चलाइसकेको छ ।

अहिले पनि सो क्षेत्रमा अवस्था तनावग्रस्त रहेको र स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

धेरै पढिएको