काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको दाबी गरेका छन ।
आज (सोमबार) कांग्रेसको मुख्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरू रहेको पनि बताएका छन । उनले जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको पनि बताएका छन ।
उनले उनीहरूलाई सबैले चिन्नुपर्ने र किन गरिरहेका छन् भन्ने बुझ्न जरुरी रहेको जिकिर गरे । तर आगो सल्काउन मद्दत गर्नेहरूमाथि मात्रै प्रश्न गरेर नहुने भन्दै जनताका आक्रोशहरू समाधान गर्नुपर्ने पनि बताएका छन । कांग्रेसले त्यसको तागत राख्ने पनि उनले बताए । कांग्रेस महामन्त्री थापाले भने, ‘यो बेलामा नेपाली समाजभित्र पूरा असन्तुष्टि छ ।
आगो बलेको जस्तो भएको छ । जता गएपनि हामी कहीँ न कहीँ रिस, आक्रोश, असन्तुष्टि देख्छौँ । त्यो असन्तुष्टिको आगोमा मट्टितेल खन्याएको खन्याइ छन् । मट्टितेल ल्याएका छन्, पेट्रोल हालेका छन्, जेजे हालेका छन् ।
दन्दनी बालिरहेका छन् । कसले गरिरहेको छ, किन गरिरहेको छ रु हामी तिनलाई चिन्छौँ, थाहा छ । कसले, किन गरिरहेको छ, त्यसको भाषा के छ, तिनलाई चिन्नुपर्छ । प्रश्न गर्नुपर्छ । असन्तुष्टिको आगोमा कसले मट्टितेल खन्याएको छ, त्यसतर्फ मात्रे औँला ठड्याएर हुँदैन । असन्तुष्टिको आगो किन बलिरहेको छ, त्यसलाई बुझाउनुपर्छ । हाम्रो जिम्मेवारी हो । त्यो तागत हामी राख्छौँ ।’
महामन्त्री थापाले काम र परिणामबाट असन्तुष्टिको आगो निभाउनुपर्ने बताए । उनले नेपाली कांग्रेसभित्र शुद्धीकरण, जागरण चाहिएको पनि बताएका छन ।