३ भाद्र २०८२, मंगलवार
Follow Us

समर्थकसहित पार्टी कार्यालय पुगिन् विद्या भण्डारी

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०८२, मंगलवार १३:०९

काठमाडौं । पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा एमालेको निर्णयपछि पहिलोपटक विराटनगर आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङको कार्यालय जाने कार्यक्रम रहेको थियो ।

१० वर्षपछि भण्डारी पार्टी कार्यालय आउने सूचना पाएका कार्यकर्ता स्वागतका निम्ति बनेर बसेका थिए । तर प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति भण्डारीका निम्ति कुनै कार्यक्रम नराख्न जिल्ला सचिव सोमराज थापालाई निर्देशन दिए ।

एमाले विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेतले पार्टी कार्यालयमा कुनै कार्यक्रम नभएको भन्दै कार्याकर्तालाई नजान उर्दी जारी गरे । यसरी संस्थापन पक्षले रोक्ने प्रयास गरेपनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो १ बजतिर पार्टी कार्यालय पुगिन् ।

पार्टी कार्यालयमा भण्डारीलाई जिल्ला र विराटनगर महानगरपालिकाका नगर नेतृत्वले स्वागत गर्‍यो । जिल्ला र नगरको नेतृत्व भण्डारी पक्षकै छ ।

विद्या भण्डारी आउँदा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कार्यकर्ता भने उपस्थित भएन । पार्टी कार्यालय पुगेर मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरिन् ।

धेरै पढिएको