काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ साफको सत्र वर्ष मुनिको महिला च्याम्पियनसिप आजबाट शुरु हुँदैछ । भुटानको थिम्पुमा आज देखि शुरु हुने प्रतियोगितामा नेपाल सुखद शुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।
प्रतियोगितामा आयोगजक भुटानसहित, नेपाल, भारत र बंगलादेश सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो ।
प्रतियोगिता अघि मंगलबार आयोजित पत्रकार सम्मेलानमा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले टोली प्रतियोगिताका लागि तयार रहेको बताएका छन् । नेपालकी कप्तान भूमिका बृढाथोकी सन्तुलित टिम भएकाले जित्नकै लागि मैदान उत्रिने बताएकी छिन् ।
नेपालले आफ्नो दोस्रो खेलमा भदौ ६ गते भुटान र ८ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो राउण्डमा बंगलादेशसँग ११ र भारतविरूद्ध १३ गते प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा १५ गते घरेलु टोली भुटानको सानमा गर्नेछ ।